Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुदूरपश्चिम प्रदेशका भुकम्प प्रभावितलाई तत्काल राहत उपलव्ध गराउन मुख्यमन्त्रीको निर्देशन


सुदूरपश्चिम प्रदेशका भुकम्प प्रभावितलाई तत्काल राहत उपलव्ध गराउन मुख्यमन्त्रीको निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बझाङलगायत प्रदेशका विभिन्न जिल्लाका भूकम्प प्रभावितलाई तत्काल उचित राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आज बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकमा एकद्वार प्रणालीमार्फत तत्काल उचित राहतको व्यवस्थापन गर्न निर्देशन दिएका हुन । समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्रीले घाइतेको तदारुकताका साथ उपचार, क्षति भएको भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न, सुख्खा पहिरो गएर अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका हुन । पीडितलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले घरहरू भत्किएको व्यक्तिका लागि खान, बस्नको प्रबन्ध मिलाउन र पुनर्स्थापनाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले प्रदेशको हकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरणको व्यवस्था गर्न निर्देशन दिनुभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वद्वीप बेस्राले जानकारी दिए ।