Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल लाइफ क्यापिटलले असार ११ गतेदेखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने


नेपाल लाइफ क्यापिटलले असार ११ गतेदेखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने

काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरुलाई आगामी असार ११ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले चुक्तापूँजीको ५० प्रतिशत अर्थात १ः०।५० अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो।

कम्पनीले चुक्तापूँजी २९ करोड ९९ लाख ३ हजार ६ सय रुपैयाँको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद साधारण सेयरको रुपमा जारी गर्नेछ ।

संस्थापक सेयरधनीका लागि दरखास्त आवेदन पाउने र बुझाउने स्थान नेपाल लाइफ क्यापिटलको कारोबार कार्यालय रहेको छ । संस्थापक सेयरधनीले हकप्रद सेयर खरिदवापतको रकम ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्समा बुझाउनु पर्नेछ ।

यो हकप्रदमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद सेयर खरिदका लागि जेठ २५ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताबमा कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।