काठमाडौँ । इसेवाले कर्जा सुविधा उपलब्ध गराउने भएको छ । इसेवा प्रयोगकर्ताहरूले बिना कुनै धितो २ लाखसम्मको व्यावसायिक कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कुमारी बैंक लिमिटेड र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने कर्जा सुविधालाई ‘इजी लोन’ नाम दिइएको छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा छिट्टै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरूलाई उपलब्ध हुने इसेवाले जनाएको छ । गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप इसेवा बनेको थियो ।