Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से दोहोरो अंकले घट्यो


नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५।५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।