Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल राष्ट्र बैंक पोखरामा क्युआर भुक्तानी गर्न माछापुच्छ्रे बैंकसँग सम्झौता


नेपाल राष्ट्र बैंक पोखरामा क्युआर भुक्तानी गर्न माछापुच्छ्रे बैंकसँग सम्झौता

काठमाडौं,नेपाल राष्ट्र बैंक पोखराले क्युआर कोडद्वारा विद्युतीय कारोबार गर्न माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको छ।उक्त सम्झौता सोमबारदेखि लागु हुने बताइएको छ। राष्ट्र बैंकका पोखरा कार्यालयकी निर्देशक आर्या जोशी र माछापुच्छ्रे बैंक गण्डकीका प्रमुख निलम गौतमले गत शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।राष्ट्र बैंक पोखराबाट सर्वसाधारण नागरिकले विदेशी मुद्रा खरिद, नयाँ नोट सटही लगायत कारोबार गर्छन्।

सम्झौता सँगै राष्ट्र बैंकमा कारोबार गर्दा सर्वसाधारणले नगद बोकेर जानुपर्ने बाध्यता अन्त्य भएको छ।नेपाल राष्ट्र बैंकले नगदका सट्टा विद्युतीय भुक्तानीको माध्यमबाट सुरक्षित र भरपर्दो कारोबार गर्न थालेको भन्दै निर्देशक जोशीले पोखरा कार्यालयले पनि विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न उक्त सम्झौता गरेको बताइन्।

राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गरिरहेको छ, यसले कारोबारलाई सुरक्षित, भरपर्दो र पारदर्शी बनाउँछ, उनले भनिन्, अब हाम्रा सेवाग्राहीले पनि मोबाइलबाटै क्युआर स्क्यान गरेर कारोबार गर्न सक्नुहुन्छ। क्युआर कोडद्वारा भुक्तानी प्रणाली अहिले ग्राहकको रोजाइमा रहेको पनि उनले बताइन्।