Tuesday, July 29, 2025

२०८२ श्रावण १४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल आयो


घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल आयो

काठमाडौं। घोराही सिमेन्टको कारोबार आइपीओ मूल्य भन्दा पनि तल आएको छ। कम्पनीले ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा ७९ लाख ४३ हजार ८ सय १ कित्ता सेयर निष्काशन गरेको थियो। बिहीबार ४ सय ३९ रुपैयाँमा घोराही सिमेन्टको कारोबार खुलेको थियो भने दिनभरिमा ४ सय ४३ रुपैयाँ उच्च विन्दु र न्यूनतम ४ सय ३० रुपैयाँको न्यूनतम विन्दुमा कारोबार भएको थियो।

बजार बन्द हुने बेला कम्पनीको शेयर मूल्य ४३४.४० पैसा पुग्यो। बिहीबार ११ सय ९१ कारोबारमा ४४ हजार १ सय ४८ कित्ता सेयरको १ करोड ९२ लाख ६५ हजार ६ सय ९१ रुपैयाँ ४० पैसा बराबरको घोरोही सिमेन्टको सेयर कारोबार हो। प्रिमियममा सेयर निष्काशन गरेका कम्पनीहरुमध्ये सबैभन्दा महंगो मूल्यमा सेयर निष्काशन गरेको घोराही सिमेन्टको सेयर मूल्य अधिकतम ५ सय ८१ रुपैयाँ ४० पैसासम्म कारोबार भएको थियो।

कम्पनीको पहिलो सेयर कारोबार ५६५ रुपैयाँ ५० पैसामा भएको थियो। शिवम सिमेन्टकै चार्ट प्याटर्नमा पहिले उच्च मूल्यमा कारोबार खुलेर अहिले आइपीओ मूल्यकै हाराहारीमा घोरोही सिमेन्टको कारोबार भइरहेको छ।