Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्ने


राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । ८ साउनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको स्रोतमध्ये ३ खर्ब ६५ अर्ब तरलता खिचेको छ ।

बिहीबार थप ४० अर्ब तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको फागुनदेखि तरलता व्यवस्थान गर्दै ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनको लागि स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । त्यसपछि पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिचिरहेको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । २१ दिनका लागि निष्कासन हुने उक्त उपकरणको सावाँ तथा ब्याज भुक्तानी ३० साउनमा हुनेछ ।