Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौंको २५ अर्ब ५४ करोडको बजेट तथा नीति कार्यक्रम सर्वसम्मतले पारित


काठमाडौंको २५ अर्ब ५४ करोडको बजेट तथा नीति कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाको बजेट तथा नीति कार्यक्रम सर्वसम्मतले पारित भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नगर सभा बैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधन सहित पास भएको हो ।

महानगरको १३ औं नगर सभाको पहिलो बैठक असार ६ गते बसेको थियो । १० असारको नगर सभा बैठकमा उपप्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।
महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

२१ असारमा बजेट पास गर्न बोलाएको वैठकमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढंगले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो ।
२६ असारबाट सुरु भएको बजेटमाथिको छलफल शुक्रबार सकाएर नगर सभाबाट बजेट पारित भएको हो । बजेटमा वडाध्यक्ष र नगर सभा सदस्यहरुले राखेका संशोधन सहित पारित भएको छ ।