काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियन महासंघहरूको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच समग्र आर्थिक विकासमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ ।
आपसी सहयोग, उत्पादकत्व वृद्धि, श्रमको सुधारलगायत विषयमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको हो । यसमा महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे ।