Saturday, November 30, 2024

२०८१ मंसिर १५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याब प्रालिबीच छुट प्रदान गर्ने सम्झौता


नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याब प्रालिबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूलाई डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक लिमिटेड र डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिबिच बुधबार भएको सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारी एवम् ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेको बैंकका प्रमुख सूचना अधिकारी होमबहादुर खड्काले जानकारी दिए । उक्त सम्झौताबमोजिम बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट बायोकेमिस्ट्री, हेमाटोलोजी, एन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, सङ्क्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्च प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको टेस्ट, डिजिटल एक्स–रे र अल्ट्रासाउन्ड जस्ता स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।