Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१२ लाखसहित दुई भारतीय नागरिक पक्राउ


१२ लाखसहित दुई भारतीय नागरिक पक्राउ

५ साउन, विराटनगर । सशस्त्र प्रहरील स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहिते दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहारका ८१ वर्षीय राम नरेश सिंह र सवारी चालक ३३ वर्षीय रितेस जसवान रहेको छन् । उनीहरु भारतबाट नेपाल प्रवेश गरेको बी आर ०१ पीजी २११५ नम्बरको सेता स्कारपीयो गाडी चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँसहित बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रमेश श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

चेकजाँच गर्ने क्रममा सुरकेसमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ थापाले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिक, भारतीय रुपैयाँ र गाडी अहिले बिओपी रानीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।