काठमाडौं । राइजिङ युथ क्लबको आयोजनामा सम्पन्न दोस्रो राइजिङ कप खुला फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसीले हात पारेको छ । रिभ फुटसल खुशीँबुमा सम्पन्न प्रतियोगितामा हिमालयन एफसीले मगास्वती एफसीलाई पराजित गर्दै उपाधि उचालेको हो ।
मगास्वती दोस्रो भएको छ । खेलमा जेनिस प्रजापतिले ६ गोल गरेको थिए । त्यस्तै प्रतियोगितामा संयोग बास्ताकोटीले बेष्ट गोल किपरको पुरस्कार प्राप्त गर्न सफल भएका थिए । भने बेष्ट खेलाडीको रुपमा विवेक पण्डितले पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कार दिइएको आयोजक क्लबका महासचिव रुकेश थापाले जानकारी दिए । खेलाडीलाई पुस्कार प्रदान गर्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा कामपा १७ वडाका अध्यक्ष नविन मानन्धरले खेल क्षेत्रको विकासकालागि महानगर गम्भीर रहेको बताए ।
विजनेस दर्शन डटकम क्लबले आयोजना गर्ने हरेक वर्षको प्रतियोगिताको मिडिया सहयोगीको रुपमा भूमिका निभाउदै आएको छ । उनले आफ्नो वडाको क्लबले आयोजना गरेको प्रतियोगिताले यस क्षेत्रले खेल क्षेत्रलाई कति प्राथमिकता दिएको छ भन्ने प्रष्ट हुने बताए ।
उनले अझै यस्ता प्रतियोगितालाई निरन्तरता दिने भन्दै त्यसकालागि आफ्नो तर्फबाट पुर्ण साथ र समर्थन हुने उनको भनाई थियो । क्बलले दशैँको अबसर पारेर हरेक वर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ ।