Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

करका दरबारे संसदमा स्वर्णिमको तीन सवाल


करका दरबारे संसदमा स्वर्णिमको तीन सवाल

काठमाडौँ । स्पन्ज आइरन, विद्युतीय गाडी तथा आलुप्याजमा बढाइएका करका दर विषय विवादित बनेको भन्दै स्वर्णिम वाग्लेले अर्थमन्त्री प्रकाशशरण महतसमक्ष ३ सवाल गरेका छन् ।


अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको विवादित विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा तीन सवाल उठाएका हुन् ।


‘यो वर्ष षडयन्त्रपूर्वक निश्चित घरानालाई उचित लाभ पुग्नेगरी करका दर हेरफेर गरिएको छ कि छैन ?’ वाग्लेको प्रश्न छ ‘एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पु¥याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन ? सिंगो भन्सार प्रणाली संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तर्राष्ट्रिय संस्थाका मापदण्ड र विधि अवलम्वन गर्न सक्ने सयौंको जनशक्ति बनाउन यो वर्ष अर्थमन्त्रीको पहल होला कि नहोला ?’


कागज र औपचारिकता मिलाएर नियमावली संशोधन गरेर अख्तियारले पनि समात्न नसक्नेगरी सेटिङमा हुने भ्रष्टाचार आगोझैं सल्किएको र यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तोडेरै छाड्ने संकल्न लिएको वाग्लेले बताए ।