Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दुई महिनामै ४ अर्ब बढीको नयाँ व्यवसाय भित्रिए


दुई महिनामै ४ अर्ब बढीको नयाँ व्यवसाय भित्रिए

काठमाडौं,जीवन बीमा कम्पनीहरूले दुई महिनामै ४ अर्ब बढीको नयाँ व्यवसाय प्रथम बीमा शुल्क भित्राएका छन्।सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८०,८१ को साउन र भदौमा ४ अर्ब ३३ करोड ५३ लाख रुपैयाँको नयाँ व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालू आवको दुई महिनाको तथ्याङ्कले यस्तो देखाएको हो। दुई महिनामा कम्पनीहरूले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। त्यसमा नवीकरणबाट २४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको छ।

भदौ मसान्तसम्ममा कम्पनीहरूको कुल १ करोड ३४ लाख ५१ हजार ८२२ वटा बीमालेख सक्रिय भएको देखिएको थियो। भदौमा मात्रै कम्पनीहरूले ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। सोमध्ये २ अर्ब ३ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ७ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ नवीकरणबाट बीमा शुल्क आर्जन गरेको हो। नयाँ व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स नै अघि देखिएको छ। कम्पनीले दुई महिनामा १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले भदौमा मात्रै ५२ करोड १७ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएको थियो। तर, साउनको तुलनामा भने केही गिरावट आएको छ।

गत साउनमा कम्पनीले ५६ करोड ३१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएको थियो। नयाँ व्यवसायमा नेशनल लाइफ पनि शीर्षस्थानमै छ। साउन र भदौमा सबैभन्दा धेरै नयाँ व्यवसाय गर्नेको दोस्रो सूचीमा नेशनल लाइफ देखिएको हो। समीक्षा अवधिमा कम्पनीले ५५ करोड ६३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।भदौमा मात्रै कम्पनीले ३१ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो। साउनको तुलनामा भदौमा अधिकांश कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ। तर, नेशनल लाइफको मात्रै उच्च दरमा वृद्धि भएको हो। गत साउनमा कम्पनीले नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क २४ करोड ३६ लाख रुपैयाँ मात्रै सङ्कलन गरेको हो।