Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नक्कली लाइसेन्स बनाउनेलाई सीआईबीले अनुसन्धान गरिरहेको छःज्वाला


नक्कली लाइसेन्स बनाउनेलाई सीआईबीले अनुसन्धान गरिरहेको छःज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्स बनाउने र बदमासी गर्नेहरुलाई कानुनी दायरामा ल्याउने बताएका छन् । आइतबार मन्त्रालयमा प्रदेश सरकारका भौतिक मन्त्रीहरुसँगको समन्वय बैठकमा बोल्दै मन्त्री ज्वालाले कसैले उन्मुक्ति नपाउने बताएका हुन । नक्कली लाइसेन्स कान्डमा छानबिन समिति बनाएर काम थालिएको उनले जानकारी दिए । यातायात व्यवस्था विभाग र मन्त्रालय दुवै निकायबाट छानबिन भइरहेको उनको भनाइ छ ।

गत केहि हप्ता अघि विभागले बनाएको एक समितिले एक लाख भन्दा बढी नक्कली लाइसेन्स वितरण भएको दाबी गरेको थियो । नक्कली लाइसेन्स कान्डमा दोषी ठहरिए कसैले पनि उन्मुक्ति नपाउने उनले बताए । उनले भने, ‘बदमासी गर्नेहरुलाई कानुनी दायरामा ल्याउँछौं, अख्तियार, सीआईबीबाट पनि अनुसन्धान हुन्छ, यसको निस्पक्ष छानबिन हुन्छ ।’

यसैगरी उनले सवारी लाइसेन्सको समस्या समाधान उन्मुख रहेको पनि बताएका   छन् । उनले ६ लाख कार्ड तत्काल छपाइमा जान लागेको बताए । कुल पेन्डिङ १४ लाख कार्ड मध्ये पहिले ६ लाख तत्काल छापिने र अर्को ६ लाख क्रमशः छपाइ गर्ने गरी ट्र्याकमा लिइएको उनको भनाई छ ।