Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेल फाउन्डेसनद्धारा १९ मिलियन लगानी गरिने १९ वटा प्रोजेक्टहरूका लागि आवेदन खुला


एनसेल फाउन्डेसनद्धारा १९ मिलियन लगानी गरिने १९ वटा प्रोजेक्टहरूका लागि आवेदन खुला

काठमाडौँ । एनसेलले फाउन्डेसन स्थापना गरेको छ । सामाजिक उत्तरदायित्वका कार्यहरूलाई संस्थागत रूपमै अघि बढाउने लक्ष्यसहित एनसेलले आफ्नो १९ औं वार्षिकोत्सवका एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको हो । समाजका हरेक वर्गको उत्थान र सशक्तिकरणका लागि सहयोग गर्ने प्रतिबद्धतास्वरुप फाउन्डेसन सुरु गरिएको एनसेलले जनाएको छ ।

फाउन्डेसन मार्फत एनसेलले १९ वटा प्रोजेक्टका लागि प्रति प्रोजेक्ट १० लाख रुपैयाँका दरले १ करोड ९० लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले भविष्यमा १०० वटा प्रोजेक्ट, १ करोड ३० लाख मानिसको जीवनमा प्रत्यक्ष—अप्रत्यक्ष प्रभाव पार्ने र सामाजिक योगदानमा २ अर्ब लगानी गर्ने लक्ष्य लिएको एनसेलको वेबसाइटमा उल्लेख छ । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले १९ औं वार्षिकोत्समा १९ मिलियन रुपैयाँ लगानी गरिने १९ वटा प्रोजेक्टहरूका लागि आवेदन खुला भइसकेको जानकारी दिए ।

https://www.ncell.com.np/en/foundation