Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठुलो क्षतिको अनुमान


जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण ठुलो क्षतिको अनुमान

काठमाडौं ।जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु भएर गएको भुकम्पका कारण सो क्षेत्रमा ठुलो क्षति भएको अनुमान गरिएको छ । मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएपछि देशैभरि धक्का महशुष भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्यराति भएकाले क्षतिको विवरण नआएपनि ठुलो धम्का भएकाले क्षति भएको हुन सक्ने बताएको छ । जाजरकोट ग्रामिण क्षेत्र भएकाले पनि माटोका घरहरु भएकाले क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए । मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।