Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से २६.३६ अकंले घट्दा ५ अर्ब २४ करोडको कारोबार


नेप्से २६.३६ अकंले घट्दा ५ अर्ब २४ करोडको कारोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २६‍.३६ अकंले घटेको छ । आइतबार १.२८ प्रतिशतले घटेको नेप्से परिसूचक २ हजार २२.९२ को विन्दुमा सीमित भएको हो । कुल ३ सय ४ कम्पनीमध्ये ८१ वटा कम्पनीको सेयर मूल्य    बढ्यो ।

१५९ कम्पनीको मूल्य घट्यो भने ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूहको उपसूचक २५.१६ अंकले बढ्दा अन्य सबै समूहको उपसूचक घट्यो । सबैभन्दा धेरै जीवन बीमा समूह २५९.६८, निर्जिवन बीमा १८६.४०, व्यापार उपसमुह ६२.७८ अंकले घट्यो । तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनीलगायत ९ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.६९ प्रतिशतले घट्यो । नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ६.४९ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड अघि रह्यो । सोनापुर मिनरल्सको २८ करोड ५६ हजार ४ सय ४ बराबर कारोबार भएको छ ।