Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कामै नगरी १८ लाख रुपैयाँ दिएको खुलासा


कामै नगरी १८ लाख रुपैयाँ दिएको खुलासा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१३ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गतको धानवाली पकेट कार्यक्रममा तोकिएको कामै नगरी १८ लाख रुपैयाँ हिनामिना गरिएको खुलेको छ । यसरी भुक्तानी दिने र लिने कार्यमा एकै परिवारका सदस्य संलग्न रहेको समेत खुलेको छ । सरकारी निकायमा कार्यरत एकै परिवारका व्यक्ति भुक्तानी दिने र भुक्तानी लिने संस्थाका अध्यक्ष र कोषाध्यक्ष भएको संस्थालाई कानुन विपरीत सरकारी बजेट दिइएको र कामै नगरी रकम भुक्तानी भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

माघ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत बजरंगी कृषि सहकारी संस्थालाई दिएको रकम र सोबाट भएको कार्यबारे जानकारी माग गरेपछि यो विषय सार्वजनिक भएको हो । अख्तियारले १५ दिनको समय दिएर कागजातसहित जानकारी उपलब्ध गराउन पनि नगरपालिकामा पत्राचार गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत राजविराज नगरपालिकाले राजविराज–१३ स्थित बजरंगी कृषि सहकारी संस्थालाई आर्थिक वर्ष ०७७र७८ मा १२ लाख रुपैयाँ र आर्थिक वर्ष ०७८र७९ मा ६ लाख गरी १८ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । कार्यक्रमअन्तर्गत सहकारी संस्था छनोट गरी उक्त संस्थाले कृषक समूह निर्माण गरी एकै स्थानमा जग्गा एकीकृत गर्दै बीउविजन, बोरिङ, मल, विषादी लगायतका सामग्री वितरण गर्ने गरिन्छ ।

चार वर्षसम्म साधारण सभा नै नभएको संस्थालाई कानुन विपरीत छनोट गरी उक्त कार्यक्रमका लागि बजेट दिने कार्यका अगुवा थिए– राजविराज नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादव । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि बजेट उपलब्ध गराइएको बजरंगी सहकारीका अध्यक्ष देवकुमार यादव हुन् भने कोषाध्यक्ष रेखाकुमारी यादव रहेकी छन् ।

अध्यक्ष देवकुमार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रका बहिनीज्वाइँ हुन् भने कोषाध्यक्ष रेखाकुमारी भोगेन्द्रकी श्रीमती हुन् । यसका साथै अध्यक्ष देवकुमार राजविराज नगरपालिका मातहतको प्राविधिक शिक्षालयमा ज्यालादारी कर्मचारी हुन् भने कोषाध्यक्ष तथा प्रशासकीय अधिकृत भोगेन्द्रकी श्रीमती रेखाकुमारी राजविराजमै सामुदायिक विद्यालयकी शिक्षिका समेत छन् ।