काठमाडौं । “हरिबोधनी एकादशी“का अवसरमा कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले मङ्गलवार आज स्थानीय बिदा दिएको छ । गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले पालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा बिदा दिइएको बताए ।
पालिका अन्तर्गत सामुदायिक एवं निजी शैक्षिक संस्थाहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) र अन्य सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनको भनाई छ । स्थानीय पालिकाले पाएको अधिकार अनावश्यक ठाउँमा प्रयोग गर्ने गरेको भन्दै विरोध भइरहेको छ ।