Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गोरखा मिडिया नेटवर्क सहित ३ कम्पनीमा प्रहरीको खानतलासी, रवि लामिछानेसँग ‘सोधपुछ’


गोरखा मिडिया नेटवर्क सहित ३ कम्पनीमा प्रहरीको खानतलासी, रवि लामिछानेसँग ‘सोधपुछ’

काठमाडौँ । गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा प्रहरीले खानतलासी गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखराबाट आएका डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको छ । उनीहरूलाई सोधपुछ गरेर ‘बयान कागज’ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

पूर्वगृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर थिए । सहकारीको रकम अवैध तवरले गोरखा मिडियामा लगानी गरेको भेटिएको छ । लामिछानेले प्रहरीसँग सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे जीबी राई जानकार रहेको बताएका छन् ।