२८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेका चिकित्सकको दरबन्दी व्यवस्थापन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा उनले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की समेत आउने आएको बताएका छन् ।
दरबन्दी बाहिर भएर काठमाडौंमै बस्न चाहनेहरुबाट सचिवालयमा धम्की आउने गरेको जानकारी दिँदै उनले बाहिरी जिल्लामा दरबन्दी भई ट्रमा सेन्टरमा बस्न चाहनेले आफू दरबन्दी भएको स्थानमा पठाए आत्महत्या गर्छु भनेर समेत धम्क्याएको बताए । तर, मर्ने भए मेरो कोठामै मर्नु भन्नु भनेर सचिवहरुलाई जवाफ दिन भनेको उनले बताए ।
साथै, आफूले मन्त्रालय सम्हाल्ने बेला राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको जानकारी उनले बताए ।