Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशीको बजेट शून्यता हट्यो, प्रदेश प्रमुखद्वारा २ विधेयक जारी


कोशीको बजेट शून्यता हट्यो, प्रदेश प्रमुखद्वारा २ विधेयक जारी

विराटनगर । कोशी प्रदेशमा भदौ १० यताको बजेट शून्यता आजबाट हटेको छ । कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन विधेयक २०८० जारी गरेसँगै बजेट शून्यताको अवस्था हटेको हो ।

नेपालको संविधान धारा २०२ उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले २ अध्यादेश जारी गरेका हुन् ।

जसपा र माओवादी केन्द्रले बजेट ल्याउने बेला समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । उक्त बजेट भदौ १० गतेबाट निष्क्रिय भएको थियो । उक्त अध्यादेश असार १४ गते प्रदेशसभामा टेबुल भएकोमा अध्यादेश टेबुल भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन नहुँदा बजेट शून्यताको अवस्था उत्पन्न भएको हो ।

आर्थिक वर्ष २०८०÷८१ को बजेटमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

सर्वोच्चको परमादेशसँगै पुनः नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको पहिलो क्याविनेटले बजेट शून्यता अन्त्यका लागि आर्थिक अध्यादेश–२०८० र प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गर्ने निर्णय गरेको थियो ।