Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

१५० जनाको दलसहित नेपाल आएका कतारी राजा (अमिर)को जहाज कस्तो र कहाँ राखियो?

जहाजको मूल्य हाल साढे ३४ अर्ब रुपैयाँ बराबर


१५० जनाको दलसहित नेपाल आएका कतारी राजा (अमिर)को जहाज कस्तो र कहाँ राखियो?

 

 

काठमाडौं । कतारका (राजा) अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं दुईदिने राजकीय भ्रमणको सिलसिलामा नेपाल आएका छन् ।

कतारका अमिर थानीले ल्याएको निजी जहाज ए३४०–५०० हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ बे नम्बर २ मा राखिएको छ । यो बे सामान्यतया अतिविशिष्ट व्यक्ति (भीभीआईपी)जहाज राख्न प्रयोग गरिन्छ । सामान्य अवस्थामा समेत यो पार्किङमा राखिने जहाजलाई अन्य बेको तुलनामा बढी पार्किङ शुल्क तिर्नुपर्छ । कूटनीतिक नियोगका जहाजलाई भने शुल्क लिने गरिंदैन ।

विमानस्थल स्रोतका अनुसार पार्किङ बे नम्बर २ मा सुरक्षा निकायको पूर्ण निगरानी हुन्छ । अन्य बेको तुलनामा यो फराकिलो समेत छ । सोही कारण भीभीआईपी पाहुनाका जहाज यसै बेमा राख्ने गरिन्छ ।

अमिरको जहाज कस्तो?

मंगलबार दिउँसो अमिर निजी जहाज ‘ए३४०–५००’ बाट काठमाडौं आएका हुन् । कतारी अमिर थानीले चढ्ने यो जहाज युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेको हो । उनको यो जहाजको कलसाइन ‘आमिरी–६’ हो । थानीले यो जहाज आफ्ना अधिकांश औपचारिक भ्रमणका बेला प्रयोग गर्ने गर्छन् । यो जहाजको मोडेल ‘ए३४०–५००’ सिरिजको हो । यस्तो जहाजलाई यात्रुवाहक बनाउँदा यसमा ३१३ सिट क्षमता हुने गर्छ ।

चार इन्जिन भएको यो जहाज लामो दुरीको उडानमा प्रयोग हुने गर्छ । यसले एकतर्फी ९ हजार नटिकल माइल उडान गर्न सक्छ । यो भनेको एकतर्फी १६ हजार ६६८ किलोमिटर उड्न सक्छ । यति दूरी भनेको बेलायतको लन्डनबाट पश्चिम अस्ट्रेलियाको पर्थसम्म ‘ननस्टप’ उडान गर्नु हो ।

एयरबसले उत्पादन गर्ने यो जहाजको मूल्य अहिले २६ करोड १० लाख अमेरिकी डलर ९साढे ३४ अर्ब रुपैयाँ० बराबर पर्छ । यसमा ‘रोल्स रोयर ट्रेन्ट ५५३ टर्बोफ्यान’ सिरिजका चारथान इन्जिन जडित छ । यसको अधिकतम गति ८८० किलोमिटर प्रतिघण्टा रहेको छ । यो जहाज ४१ हजार ४५० फिट उचाइसम्म उड्ने गर्छ । यसले प्रतिमिनेट ५ हजार ७०० फिटका दरले उचाइ लिंदै उड्न सक्छ ।

एयरबसले यस्तो सिरिजको जहाज पहिलो पटक सन् २००२ फेब्रुअरी ११ मा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि यसको सोही वर्ष डिसेम्बर ३ मा प्रमाणीकरण भएको थियो । यस्तो जहाज उडाउने पहिलो वायुसेवा कम्पनी क्यानडाको सरकारी वायुसेवा एयर क्यानडा हो । कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजसँग हाल चारथान यस्ता जहाज सञ्चालनमा छन् ।