Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अभियानकर्ता ईः र महानगरपालिका बीचको सहमतिमा के छ ?


अभियानकर्ता ईः र महानगरपालिका बीचको सहमतिमा के छ ?

काठमाडौं । काठमाडौं महानगरपालिका र अभियानकर्ता ईःबीच सहमति भएको छ । दुई पक्षबीच दोस्रो दिन भएको वार्ता सहमतिमा पुगेको हो । सहमतिअनुसार साविकमा फुटपाथ-सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेको स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले एक साताभित्र पहल गर्ने भएको छ । यस्तै, फुटपाथ-सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफल गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने सहमति भएको छ ।

यसैगरी, अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापार व्यवसायलाई व्यवस्थि तगर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति पनि भएको छ ।

समितिमा काठमाडौं महानगरपालिकाले तोकेका तीनजना, अभियानकर्ता ईः को तर्फबाट तोकिएका प्रतिनिधि दुईजना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयका प्रतिनिधि एकजना र ट्राफिक प्रहरीका प्रतिनिधि एकजना रहनेछन् । फुटपाथ सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न १९९ घण्टादेखि राष्ट्रिय सभागृहको मूलगेटमा उभिएर अभियानकर्ता ईंःले प्रदर्शन गरिरहेका थिए ।