Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अप्पर लोहोरे खोला हाइड्रोपावर आइपीओ निष्कासन


अप्पर लोहोरे खोला हाइड्रोपावर आइपीओ निष्कासन

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ बिहीबार देखि निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ९ हजार ८०४ कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

यसमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि बिक्री गरिनेछ भने बाँकी ५० प्रतिशत सो बाहेकका सम्पूर्ण दैलेख जिल्ला बासीहरूका लागि बिक्री गरिने कम्पनीको भनाइ छ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९८ हजार ८२४ कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन सक्नेछन् भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।उक्त आइपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।  कम्पनीलाई केयर रटिङ नेपालले केयर एनपी डबल बी इस्युअरु रेटिङ प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको बताए। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।