काठमाडौं, सरकारले दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ला भन्नेमा सर्वसाधारण अलमलमा छन्।यातायात व्यवस्था विभागसँगको छलफलमा व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडक पनि राम्रो नभएको भन्दै दशैंमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने दाबी गरेका छन्।यातायात व्यवस्था विभाग स्रोतले भन्यो, हामी यातायात व्यवसयीसँग पटक,पटक कहिलेबाट दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भन्ने विषयमा छलफलमा बस्यौं। तर, उनहरूले भाडावृद्धि नगरी अग्रिम टिकट खुल्ला गर्न नसकिने बताएमा छन् ।
यातायात व्यवस्था विभाग भाडा बढाउन दिने पक्षमा छैन । दसैँको बेला सार्वजनिक यातायातको भाडा वृद्धि गर्दा गाउँ जानेहरूलाई समस्या पर्ने अवस्था सिर्जना हुन्छ। व्यवसायीले अहिले कति भाडा वृद्धि गर्नुपर्ने खुलाएका छैनन्। विभागसँगको छलफलमा भाडा वृद्धि गर्नुपर्ने सर्त मात्रै राखेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक पटक पटक दसैँका लागि अग्रिम टिकट खुल्ला गर्ने विषयमा यातायात व्यवसायीसँग छलफल भएको बताएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष विजय स्वाँरले भाडा वृद्धि गर्नुको विकल्प नरहेको बताए ।