Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्यालद्धारा पुनः उम्मेदवार घोषणा


नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्यालद्धारा पुनः उम्मेदवार घोषणा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्याल पुनः उम्मेदवार घोषणा गरेका छन् । आज काठमाडौंको हार्दिक होटलमा एक कार्यक्रमको बीच पौड्यालले उम्मेदवारी घोषणा गरेका हुन । यही पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२ औं साधारण सभा हुँदैछ ।

उक्त साधारण सभामा एमाले निकट सहकारीकर्मीहरुको तर्फबाट अध्यक्षमा पौड्यालले उम्मेदवारी दर्ता गर्ने छन् । उम्मेदवारी घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारी, पूर्व प्रमुख कमल चौलागाई लगायत सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो । यता, कांग्रेस निकट मानिने सहकारीकर्मी चन्द्रप्रसाद ढकालले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।