Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रासायनिक मलको अभाव


रासायनिक मलको अभाव

काठमाडौं । किसानले बर्सेनि खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण किसानले सास्ती खेप्नुपरेको छ । धानको बीउका लागि ब्याड  रासायनिक मल मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा  स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ ।

साल्ट ट्रेङिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मल को चिन्ता हुने गर्छ । शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालू आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको छ ।

त्यसैगरी साल्ड टे«डिङमार्फत महानगरले एक हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ । ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्तरुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि अधिकारीले बताए ।