Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैंको मुखैमा चिनीको अभावः लुकाउँदै ठूला व्यापारीहरु, मारमा उपभोक्ता!


दशैंको मुखैमा चिनीको अभावः लुकाउँदै ठूला व्यापारीहरु, मारमा उपभोक्ता!

काठमाडौं । दशैं नजिकिँदै गर्दा बजारमा भने चिनी पाउनै मुश्किल भएको छ । नेपालीहरुको महान् चाडपर्व दसैं, तिहार र छठको मुखैमा बजारमा चिनीको अभाव हाहाकार हुँदा उपभोक्ताहरु चिन्तित भएका छन् । चिनी भान्साका लागि अति आवश्यक पर्ने खाद्यवस्तुमध्ये एक हो । तर बजारमा ज्यादै बिक्री हुने समयमा नै यसको अभाव भएको छ ।

बिहानै पिउनुपर्ने चियादेखि लिएर मिठाई र अन्य परिकार बनाउन आवश्यक पर्ने चिनी एक महिनाअघिदेखि नै बजार एवं सरकारले खोलेका सुपथ मूल्यको पसलमा समेत पाउन मुश्किल परेको छ । केही पसलमा पाइहाले पनि एक–दुई किलो मात्रै पाइने, त्यो पनि पहिल्यै अर्डर ग¥यो भने मुश्किलले पाउने त्यसमा पनि त्यसको मूल्य सुन्यो भने उपभोक्ताहरुले जिब्रो तन्काउनुपर्ने परिस्थिति बनेको छ । गत वर्ष यसै समयमा प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्ममा चिनी पाइन्थ्यो तर अहिले १३० देखि १५० सम्ममा किन्नुपरेको छ ।

नेपालीहरुको महान् चाडको मुखैमा आएर चिनीको मूल्य यसरी ह्वात्तै बढ्दा उपभोक्तहरु भने अहिले मारमा परेका छन् । अर्थतन्त्रले सताईरहेको अवस्थामा सरकारले यसरी चिनीलगायत अन्य खाद्यवस्तुको मूल्य वृद्धि गर्दा सरकारप्रति उपभोक्ताहरुको वितृष्णा दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

सरकारी अनुगमन तथा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा बजारमा अहिले चिनीको अभाव हुन गएको हो । ठूला व्यापारी तथा व्यवसायीले बढी मूल्यमा बेच्न पाइन्छ कि भनेर लुकाएर बजारमा अभाव गराई कालो बजारी समेत गरिरहेको पाएका छन् । सरकारी बजार अनुगमनले ठूला व्यापारीहरूको घर, गोदाम एवं पसलमा कडा रूपमा अनुगमन गर्ने नै हो भने बजारमा चिनीको अभाव कत्तिपनि हुने थिएन । सम्बन्धित निकायले अनुगमन कार्यमा बेलैमा ध्यान दिनुपर्ने आवश्यक देखिन्छ ।