Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त


स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा.बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । यसअघि विभागको महानिर्देशक डा. विकास देवकोटा थिए । डा. देवकोटा सचिवमा बढुवा भएपछि महानिर्देशकको पद खाली थियो । मन्त्रालयमा १२ औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबारबाट कार्यभार सम्हाल्ने तयारीमा छन् ।