काठमाडौं। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।
बिहीबार बसेको कर्णाली प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । दुई दिनसम्म चलेको नीति तथा कार्यक्रममाथीको छलफलका क्रममा उठेका प्रश्नको मुख्यमन्त्री राजकुमार शर्माले जवाफ दिएका थिए । मुख्यमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभा निमावली २०७९ को नियम ३९ को उपनियम ४ बमोजिम पारित गरियोस् भनि प्रदेश सभामा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।