काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ४४ अङ्कले बढेर २ हजार ६ सय ९३ दशमलव ०६ विन्दुमा पुगेको छ ।
आज बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर १ दशमलव ८८ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स र प्योर इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका २ करोड ७ लाख कित्ता शेयर ८ अर्ब ५८ करोड रुपैयाँमा किनबेच भएको छ ।