Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजार दोहोरो अङ्कले घट्यो


शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं । लगातार दुई दिन दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६९ अङ्कले घटेको हो । नेप्से परिसूचक दुई हजार छ सय ६४ दशमलव ४७ बिन्दु कायम भएको छ ।

आज कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । हिजो १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज नौ अर्ब ९० करोडभन्दा धेरैको कारोबार भयो । आज कारोबार भएका ७७ कम्पनीको मूल्य बढ्दा एक सय ७० वटाको घट्यो ।

आज हाइड्रोपावरबाहेक बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूह घटेका छन् । हाइड्रोपावर एक दशमलव १३ प्रतिशतले बढेको छ ।