Sunday, September 21, 2025

२०८२ आश्विन ५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित


कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध निर्वाचित

काठमाडौं । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएकी हुन । आइतबार नेपाली काँग्रेसबाट कैलारी गाउँपालिका–२ का सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराएका थिइन ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिनुभएको काँग्रेसका जिल्ला सचिव केशव मिश्रले जानकारी दिए । कांग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुनेगरी जिसस प्रमुखमा टीकाकुमारीलाई उम्मेदवार बनाएको थियो ।