Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घलेम्दी हाइड्रोपावरले हकप्रदको सेयर जारी गर्न अनुमति


घलेम्दी हाइड्रोपावरले हकप्रदको सेयर जारी गर्न अनुमति

काठमाडौें, घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ सेयरको अनुपातमा हकप्रद जारी गर्न स्वीकृति दिएको हो।कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको थियो।

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत सेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र निर्णय गरेको थियो। आयोगबाट अनुमति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। घलेम्दी हाइड्रोको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेएको छ।