काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८०—०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ हुने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ रुपैयाँ रहेको थियो । सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको हो ।
सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६५० रुपैयाँ तोक्यो