Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरमा आचारसंहिताको उल्लङ्घन, आयोगले अनुगमन टोली खटायो


कीर्तिपुरमा आचारसंहिताको उल्लङ्घन, आयोगले अनुगमन टोली खटायो

काठमाडौँ । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका–१६ मा हुने उपनिर्वाचनका लागि अनुगमन टोली खटाएको छ । बुधवार आयोगले ती उपनिर्वाचन क्षेत्रमा अनुगमन टोली खटाउने निर्णय गरेको हो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै ती क्षेत्रमा उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आचारसंहिताको उल्लङ्घन भएको भनी सूचना प्राप्त भएकोले आचार संहिता पालना भए –नभएको अनुगमन गर्न टोली गठन गरी परिचालन गरिएको जानकारी दिएको छ ।

आयोगका अनुसार कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी र काठमाडौँ महानगरपालिका १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ ।

निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधिहरूको अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ बमोजिम कारबाही हुने समेत आयोगले जनाएको छ ।