Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिनिधिसभा बैठक भदौ ५ सम्मको लागि पुनः स्थगित


प्रतिनिधिसभा बैठक भदौ ५ सम्मको लागि पुनः स्थगित

काठमाडौं, भदौ ३ । संसद् खुलाउन प्रधानमन्त्री दाहाल ले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ। यसअघि आजै सभामुखले देवराज घिमिरेले पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकलाई बोलाएर संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रयास गरेका थिए। सो बैठकमा दुवै पक्षको अडानले सहमति जट्न सकेन।

आज १ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक भदौ ५ सम्म पुनः स्थगित भएको छ। बैठकमा सहभागी दलका नेताले सर्वदलीय बैठक सोमबार पुनः बस्ने र सहमतिको बिन्दु खोजिने बताएका छन्। ६० किलो सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ।