काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति संकलन गर्न राष्ट्रिय योजना आयोगले काम थालेको छ ।
आयोगका सदस्य रामेश्वर फुँयालका अनुसार आयोगमा एक्सन टिम बनाएर शनिबारदेखि नै क्षतिको संकलनको काम प्रारम्भ गरिएको छ । यसका लागि स्थानीय तहहरुसँग समन्वय गरी विवरण संकलन गरिने उनले जानकारी दिए ।
अहिले राहत र उद्दारको काम चलिरहेको र यो निष्कर्षमा पुग्नासाथ क्षतिको आंकलनको काम समेत सँगै गरिने उनले जानकारी दिए ।
यसअघि २०७२ सालको भूकम्पमा समेत आयोगले क्षतिको विवरण संकलन गरी प्रतिवेदन निकालेको थियो । नेपाल सरकारले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ ।