Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंक दिए भुक्तानीको लागि नयाँ कर्जा


बैंक दिए भुक्तानीको लागि नयाँ कर्जा

काठमाडौं । आवधिक कर्जा, मागमा आधारित कर्जा लगायतको ब्याज भुक्तानीको लागि नयाँ कर्जा दिएको भेटिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको  आर्थिक वर्ष २०७८,७९ को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। राष्ट्र बैंकले बैंकहरूमा रहेको कर्जा जोखिमका विषय समेत प्रतिवेदनमा उठाएको छ।

प्रतिवेदन अनुसार पुरानो आवधिक कर्जा, मागमा आधारित कर्जाको ब्याज भुक्तानीको लागि बैंकहरूले नयाँ कर्जा दिएको भेटिएको उल्लेख छ। त्यस्तै, ऋणीले त्रैमासिक रुपमा बुझाउनुपर्ने ब्याज भुक्तानीको लागि यसरी नयाँ कर्जा जारी गर्ने गरेको पाइएको हो। बैंकहरूले कुनै कारोबार नै गर्न नसकिरहेको ऋणीका अन्य सहायक कम्पनीको नाममा वा त्यस्ता कम्पनीको किस्ता भुक्तानीको लागि समेत यसरी नयाँ कर्जा जारी गरेको भेटिएको थियो।

बैंकमा उपस्थित नभई एउटा बैंकबाट अर्को बैंकमा सार्न सकिने कर्जा एड हक लोन को प्रयोग पनि यस्तै ब्याज तथा बाँकी भुक्तानीको लागि प्रयोग हुने गरेको राष्ट्र बैंकले फेला पारेको हो। बैंकहरूमार्फत् कोभिडको क्रममा दिइएको सहुलियतपूर्ण ऋण समेत ब्याज र कर्जा तिर्न प्रयोग भएको पाइएको हो। केही बैंकहरूले नियम विपरीत ५० लाख रूपैयाँ भन्दा बढीको रकम समेत व्यक्तिगत कर्जाको रुपमा जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।