Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न, सहकारी बचाउनु शेयरसदस्यको मुख्य दायित्व हुने नेफ्स्कून अध्यक्ष ढकालको भनाई


दर्शन साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न, सहकारी बचाउनु शेयरसदस्यको मुख्य दायित्व हुने नेफ्स्कून अध्यक्ष ढकालको भनाई

काठमाडौं । कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पछिल्लो समय सहकारीहरुमा देखिएको आर्थिक तरलताको डटेर सामना गर्ने प्रतिवद्धता सहित दर्शन साकोसले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा बोल्दै सहकारीका अध्यक्ष दिनेश दर्शनधारीले पछिल्लो समय दर्शन सहकारीमात्रै नभइ देशका अधिकांस सहकारीमा आर्थिक तरलता रहेकाले यसको सामना हामीसबैले गर्नु परेको बताए । उनले आफ्ना १० हजार शेयर सदस्यहरुको दायित्व आफुसँग रहेको भन्दै कुनै पनि हालतमा निक्षेप सुरक्षित गर्ने प्रतिवद्धता जनाए ।

सभामा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दर्शनधारीले भने, ‘देशको परिस्थिती एवम् समयकालमा आउने परिवर्तनले वित्तीय बजारमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावका सम्बन्धमा हामी यस संस्थाका सम्पूर्ण शेयर सदस्यलाई पनि जानकारी नै छ । विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दी नेपालको अर्थतन्त्रमा पनि देखा परी सरकारी पूँजिगत खर्च र राजश्व संकलनमा कमी, रुस युक्रेन युद्ध जस्ता शक्ति राष्ट्रहरुको द्वन्द, कोभिड १९ को असर , घर जग्गा कारोवार र व्यापार ब्यवसायमा आएको मन्दी आदि लगायतका कारण मुद्रा स्फ्रिति उच्च रहन गएको छ ।

अन्तराष्ट्रिय मुद्राकोषले समेत विश्व अर्थतन्त्र र विकसित एवम् उदयमान अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा न्यून रहने र सन् २०२४ मा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ । यी र यस्ता कुराहरुले सम्पूर्ण बित्तिय क्षेत्र मात्र नभई सहकारी क्षेत्रमा समेत अहिले सम्मको ईतिहासमा नै सबै भन्दा बढी नकारात्मक असर गरेको छ । गत बर्षबाट देशमा चलेको चरम आर्थिक मन्दिले अन्य अर्थ व्यवस्थामा जस्तै सहकारी क्षेत्रमा पनि नराम्रो असर पर्दा एकपछि अर्को गरी ठुला एवं प्रतिष्ठित भनिएका सहकारी समस्याग्रस्त हुन थालेको कुरा सम्पूर्ण सदस्यहरुलाई अवगत नै  होला ।

प्रतिवेदनमा उनले भनेका छन्, ‘सामाजिक संजाल जस्तै फेसबुक र टिकटकमा सहकारी सम्बन्धि बढी भ्रम र अफवाहले भरिएको हल्ला र समाचारहरुले सहकारीका शेयर सदस्यहरु माझ एक किसिमको डर पैदा भै अस्वभाविक रुपमा निक्षेप फिर्ता माग्न जाँदा यस बर्ष प्राय सबै खाले सहकारीहरु निक्षेप फिर्ता गर्ने दवावमा परेको कुरा पनि यस सभामा यहाँहरुलाई अवगत गराउन चाहन्छु’ ।

ऋणी शेयर सदस्यले यस बर्षको मन्दिले गर्दा ब्याजसम्म पनि भुक्तानी गर्न मुस्किल परेको जसले गर्दा देशै भरिका सहकारी संस्थाहरुमा भुक्तानी सन्तुलन बिग्रन गएको र प्राय जसो सहकारीहरुको तरलता अस्वभाबिक रुपमा घट्न गई १ देखि १० प्रतिशतको हाराहारीमा पुगेको छ । यस बर्ष यो बित्तिय रोगले दर्शन साकोसलाई पनि छोएर नै छाड्यो । हाम्रो सहकारीमा पनि अहिले तरलताको अवस्था ज्यादै न्यून रहेको जानकारी दुखका साथ गराउन चाहन्छु ।

दर्शन साकोसले आर्थिक मन्दिको सुरु देखि नै तरलता ब्यबस्थापन तिर लागेका थियौं । तर पनि तरलता ब्यबस्थापनमा धेरै नै अप्ठ्यारो अवस्थाहरु सामना गर्नु पर्यो । गत आ व. को फाल्गुण देखि त झन निक्षेप फिर्ता र ब्याज भुक्तानीमा समेत सिलिङ लगाउनु पर्ने बाध्यता भयो । उनले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै धैय गर्न शेयरसदस्यमा आग्रह गरे ।


सभाका प्रमुख अथिती नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देशका अधिकांस सहकारी समस्यामा रहेकाले शेयरसदस्य नै यसलाई बचाउन लाग्नुपर्ने बताए । उनले देशको अवस्था जस्तो भएपनि, आर्थिक तरलता जहाँ भएपनि हामीले सहकारीलाई मर्न दिनु हुदैन सहकारी नै हाम्रो एक मात्रै आधार भएको बताए । बैंक तथा अन्य वित्तीय संस्थाका कारण सहकारीमाथि आक्रमण बढ्दा थप समस्या आएको भन्दै त्यसलाई निक्षेपकर्ता, शेयरसदस्यले बुझ्न आवश्यक रहेको उनले थप बताए ।

 

उनले भने, ‘दर्शन सहकारी संस्था एउटा यस्तो सहकारी हो जसले यस क्षेत्रका मानिसहरुको आर्थिक समृद्धकालागि काम गर्दै आइरहेको छ ।’ आफुले विभिन्न निकायबाट दर्शनका सकारात्मक विषयको जानकारी पाएपछि कार्यक्रममा उपस्थित भएको भन्दै सबैले यसलाई बचाउनुपर्ने बताए ।


‘अहिले निक्षेप फिर्ताको सवालमा राज्यले रकम दिन नसक्ने अवस्थामा एकै पटक एउटा सहकारीले कसरी निक्षेप फिर्ता गर्न सक्छ ? हामीले बुझ्न आवश्यक छ । सहकारी राम्रो हुदा त्यसको मुनाफा लिने संस्था कमजोर हुदा थप समस्या दिने काम गर्नुहुदैन हामी सबै शेयरसदस्यको साथमा नै छौं ।’ उनले भने ।

साधारणसभाले आगामी दिनको भावि कार्ययोजना, रणनीति सर्वसम्मतले पारित गरेको छ ।