काठमाडौं । सोमबार सेयर कारोबार रकम १ अर्बभन्दा कममा खुम्चिएको छ । दिनभर कुल ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ११८ कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको घट्यो भने १२ को स्थिर रहृयो ।
बैंकिङ ६, विकास बैंक २६, फाइनान्स २, होटल तथा पर्यटन ४५, जीवन बीमा २४, निर्जीवन बीमा १४ तथा ब्यापार उपसमूह १८ अंक बढे । अन्य ४, उत्पादन २ र जलविद्युत् उपसमूह १ अंक घटे । कुथेली बुकरी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । लक्ष्मी सनराइजको ४.७, सिटी होटलको ४.४, न्यादी पावरको ४.२ र माछापुच्छ्रे बैंकको मूल्य ३.३ प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।