Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पहिरो झरेपछि दाउन्ने र थुम्सीमा महेन्द्रराजमार्ग अवरुद्ध


पहिरो झरेपछि दाउन्ने र थुम्सीमा महेन्द्रराजमार्ग अवरुद्ध

काठमाडौं । वर्षाका कारण पहिरो जाँदा महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी पूर्वको थुम्सी र दुम्कीबासमा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार सोमबार रातिको वर्षाले थुम्सीमा पहिरो गएको हो ।

राजमार्ग अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सैयौं यात्रु थुम्सीमा अलपत्र परेका छन् । प्रहरीले अहिले डोजर प्रयोग गरेर राजमार्ग खुलाउने बताएको छ ।

यस्तै महेन्द्रराजमार्गको दाउन्नेमा डाइभर्सन बगाएका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहानदेखि डोजरले सडक पन्छाउन सुरु भएको छ । ठाउँठाउँमा डाइभर्सन बगाएको छ । महेन्द्रराजमार्ग फराकिलो पार्ने काम भइरहेकाले सानो वर्षा हुँदापनि ती स्थानमा राजमार्ग अवरुद्ध हुने गरेको छ ।