Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण


रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रामराजा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य अधि बढ्ने बताएका छन् । प्रतिष्ठान निर्माणका लागि संकलन गरिएको १० हजार हस्ताक्षर बुझाउन आएका सप्तरीका युवासँग बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री दहालले प्रतिष्ठानको रिक्त पदाधिकारी नियुक्ति लगायतको कार्य अधि बढने  बताए ।

 रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा म जानकार छु, प्रधानमन्त्री दहालले भने, कानुनी र प्राविधिक सबै कुरा अधि बढ्छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि दबाबमूलक आन्दोलन गर्दे आएको सप्तरी युथ नेपालले जिल्लामा संकलन गरेको १० हजार हस्ताक्षर बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दहाललाई भेटेर बुझाएको हो ।

सरकारले सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । शिलान्यास भइसक्दा पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिमा रिक्त पदाधिकारी नियुक्त हुन नसक्नु र बजेट व्यवस्थापन हुन नसक्दा प्रतिष्ठानको काम ओझेलमा परेको छ ।