Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल विद्युत उत्पादनबाट आत्मनिर्भर बन्न सक्छः चिनियाँ राजदूत छन सोङ


नेपाल विद्युत उत्पादनबाट आत्मनिर्भर बन्न सक्छः चिनियाँ राजदूत छन सोङ

काठमाडौं । चिनियाँ राजदूत छन सोङले चीन र भारतको बीचमा भएर सानो देखिए पनि नेपाल सानो मुलुक नभएको बताए छन् । उनले आफूसँग भएको ऊर्जा र स्रोतमार्फत नेपाल विकास गर्न सकिने भन्दै दीर्घकालीन विकास रणनीति आवश्यक रहेको बताए । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत सोङसंगको छलफलमा ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्ने समेत बताए ।

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् । परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा चीनसँग सहकार्य आवश्यक रहेको बताए ।

उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन राजदूतसँग आग्रह गरे । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका विषयमा समेत कुरा भएको छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।