Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटमाथि आज सुनुवाइ होला ?


टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटमाथि आज सुनुवाइ होला ?

काठमाडौं । सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । उसो त सोमबारकालागि तोकिएको पेसी हेर्न नभ्याउने भन्दै आजकालागि पेसी तोकिएको थियो ।

न्यायाधीश कुमार चुँडालको इजलासमा सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेका रिट निवेदनको पेसी तोकिएको थियो । न्यायाधीश चुडाल संयुक्त इजलासमा नै व्यस्त भएकाले एकल इजलासमा तोकिएका पेसी हेर्न नभ्याइएको हो । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धका रिटहरूको सुनुवाइका लागि आज अर्को पेसी तोकेको छ ।

सरकारले कार्तिक २७ मा लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो । सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १० रिट निवेदन दर्ता भएका थिए ।