Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आलु र सुकेको प्याजको भाउ बढ्दो, आज कति ?[मूल्यसूची सहित]


आलु र सुकेको प्याजको भाउ बढ्दो, आज कति ?[मूल्यसूची सहित]

काठमाडौं । बजारमा आलु र सुकेको प्याजको भाउ बढ्दो छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ । बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।

कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका सल्लाहकार उज्ज्जल कार्कीले भ्याटका कारण कारोबार गर्ने नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको जानकारी दिए । व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने चेतावनी दिने काम आन्तरिक राजस्व कार्यालय कालीमाटीबाट केही दिनपहिले भएको उनको आरोप छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन । देशैभरका व्यापारीले आलु र प्याजको कारोबार झन्डै तीन दिनदेखि रोकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा आलु तथा प्याज आयात नभएको र आलु तथा प्याजका स्टल खाली भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कालीमाटी बजारमा आलु र प्याज छैन तर व्यवसायीले आलु तथा प्याज बजारमा भित्र्याएका छैनन् । बजारमा आलु तथा प्याज नभएपछि बजार मूल्य पनि नतोकिएको बजार विकास समितिले जनाएको छ । समितिका अनुसार कालीमाटी बजारमा आलु तथा प्याजका थोक कारोबार गर्ने व्यापारीको सङ्ख्या करिब दुई सय रहेको   छ ।

आलु तथा प्याज आपूर्तिकर्ताको विरोधका कारण बजारमा यसका भाउ मनपरी भएको छ । बजारमा यी वस्तुको अभाव देखाउँदै व्यवसायीले मनलाग्दी रूपमा मूल्य लिने गरेका छन् । यही सोमबारसम्म प्रतिढक (पाँच केजी) २२० रुपियाँ रहेको आलु अहिले बढेर चार सय रुपियाँ पु¥याइएको छ । अभावको कारण देखाउँदै व्यवसायीले मूल्य मनपरी तोकेका छन् ।

 

[मूल्यसूची सहित]