Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा फर्कदै


अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा फर्कदै

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरको लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा फर्कदै छ । कम्पनीको लिलामी शेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार लिलामीको लागि झन्डै १४ अर्ब रुपैयाँको आवेदन परेको थियो ।

गत बिहीबार लिलामीको शेयर बाँडफाँट हुँदा १ सय ४७ रुपैयाँ कटअफ प्राइस तोकिएको छ । १४७ रुपैयाँ भन्दा बढी मूल्यमा शेयर आवेदन गर्ने लगानीकर्ताले शेयर पाएका छन् भने त्यो भन्दा कम मूल्यमा शेयर आवेदन गर्नेलाई शेयर परेन । १४ अर्ब रुपैयाँमध्ये झन्डै साढे २ अर्ब रुपैयाँ रकम अप्पर तामाकोशीको खातामा ट्रान्सफर हुनेछ भने बाँकी रकम भने सम्बन्धित लगानीकर्ताकै खाता फर्काइनेछ ।

करिब साढे ११ अर्ब रुपैयाँ रकम लगानीकर्ताको खातामा फर्किनेछ । अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा परेको अधिकांश रकम दोस्रो बजारमा कारोबार गर्ने कारोबारीले नै हालेको रकम हुनाले यो रकम पुनः बजारमा नै फर्किने पुराना शेयर लगानीकर्ताहरु बताउँछन् ।

नागरिक लगानी कोषको पुँजी बजार प्रमुख नारायण घिमिरे भन्छन् –‘अप्पर तामाकोशीको लिलामीमा नपरेको शेयरको ७० प्रतिशतसम्म रकम दोस्रो बजारमा नै फर्कन्छ ।’ घिमिरेको भनाईलाई आधार मान्दा पनि करिब ८ अर्ब रुपैयाँ बजारमा फर्किने अनुमान गर्न सकिन्छ । बजारमा रहेको ८ अर्ब रुपैयाँ शेयरको माग सिर्जना हुने हुनाले यसले बजार बढाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ । गत पुस २९ गते अप्पर तामाकोशीको लिलामी शेयरको आवेदन भर्ने अन्तिम दिन थियो ।