Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ


म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई छिन् । उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ । रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।